arrow

कांग्रेस प्रवक्ताको प्रश्न - देशमा नेपाल सरकार कि राष्ट्रपतिको सरकार ?

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
bishwaprakash.JPG

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  देशमा नेपाल सरकार कि राष्ट्रपतिको सरकार भन्ने प्रश्न गरेका छन् ।

  शुक्रबार संसद्को बैठकमा आर्थिक वर्ष २०७६-७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो ‘मेरो सरकार’ भनेर नेपाल सरकारलाई सम्बोधन गरेपछि  प्रवक्ता शर्माले सो प्रश्न प्रधानमन्त्रीलाई गरेका हुन् ।

प्रवक्ता शर्माले ट्विट गर्दै लेखेका छन्,'  सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार  ? कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे ।  आज राष्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ