arrow

रमेश लेखक भन्छन् : ''पहिले राजाले भन्थे 'मेरो सरकार', अहिले राष्ट्रपतिले किन भनेको बुझिएन''

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
ramesh-lekhak.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेर गरेको टिप्पणीप्रति आलोचना गरेका छन् । उनले शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसदमा गरेको सम्बोधन सकिएपछि आफ्नो ट्वीट मार्फत् आलोचना गरेका हुन् ।

उनले पहिले राजाको पालामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्ने गरिएको भन्दै उनले अहिले राष्ट्रपतिले भनेको कुरा नबुझेको प्रतिक्रिया दिए । उनले लेखेका छन् 'देशमा राजतंत्र भएको बेला नेपाल सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम बाचना गर्दा राजाले मेरो सरकार भन्थे। अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार भन्नु भएको बुझिएन।'

राष्ट्रपतिले मेरो सरकार भनेपछि अहिले सामाजिक सञ्जालहरुमा उनको व्यापक विरोध सुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ