arrow

गगन थापाको टिप्पणी : खोक्रो सरकारको नीति तथा कार्यक्रम पनि खोक्रै आयो 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
gagan-thapa-rss.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खोक्रो रहेको प्रतिक्रिया दिएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नयाँ कुरा केही पनि नभएको भन्दै उनले यो नीति तथा कार्यक्रम पनि सरकार जस्तै खोक्रो रहेको प्रतिक्रिया दिएका हुन् ।  

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेता थापाले यो सरकारले एक वर्षमा गर्न नसकेका केहीपनि काम उल्लेख नगरेको र आफूले गरेको कामको मात्रै विश्लेषण गरेर नीति तथा कार्यक्रम पेश गरेकोले यो धोका रहेको टिप्पणी गरेका हुन् । 

उनले अघिल्लो वर्ष पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएका धेरै विषयहरुमा सरकार असफल रहेको दाबी समेत गरेका छन् । उनले सरकारले अघिल्लो आर्थिक वर्षमा लिएको लक्ष्य र त्यसको उपलब्धीबारे केही पनि उल्लेख नगरी पन्छिने प्रयास गरेको आरोप लगाए । उनले राष्ट्रपति भण्डारीले मेरो सरकार भन्ने शब्द पटक पटक प्रयोग गरेको तर्फ ईंकित गर्दै भने ‘सबैभन्दा पहिले त महामहिम राष्ट्रपतिको नीजि सरकारको कार्यक्रम हो या त नेपाल सरकारको हो ? त्यो बुझ्न सकिएन ।’ गणतन्त्र आईसकेपछि पनि राजाको शैलीमा मेरो सरकार भनेर राष्ट्रपति संस्थालाई विवादमा तान्नेकाम सरकारले गरेको आरोप समेत उनको थियो । 

अघिल्लो वर्ष ४८ पेजको नीति तथा कार्यक्रम आएको भन्दै उनले पुरानो नीति तथा कार्यक्रम र अहिलेको नीति तथा कार्यक्रमलाई एकै ठाउँमा राखेर हेर्दा पहिलेका केही पनि उल्लेखनीय कामहरु सम्पन्न नभएको उनको आरोप छ ।  

उनले राष्ट्रपतिले २५ मिनेट लगाएर गरेको समीक्षामा कतैपनि सरकारले अघिल्ला वर्षमा गर्न नसकेको कामको आत्मालोचना नगरेको भन्दै आपत्ति जनाए । ‘सरकारले जनता निराश भएको देखेन । त्यसैले कतैपनि सो बारे उल्लेख गरेकै छैन । जे जे राम्रो भएको छ त्यही बारेमा मात्रै सरकारले उल्लेख गरेको छ । यसको अर्थ सरकार सम्झन्छ कि जनताले रामराज्य देखिसके । अब रामले देखेको भन्दा पनि माथिको राज्य कस्तो हुन्छ । त्यो सरकारले आगामी वर्ष देखाउने होला ।’ केही उपलब्धीपूर्ण काममा यस भन्दा अघिको सरकारले गरेको योगदानलाई सरकारले स्मरण नगरेको प्रति थापाले आपत्ति जनाएका छन् । 

यो एक वर्षको समयमा संघीयता कार्यान्वयन एकदमै फितलो भएको भएपनि सरकारले सो विषय उठान नगरेको प्रति पनि थापाले आलोचना गरेका छन् । यो भन्दा अघिल्लो वर्ष भनेको कुरा पूरा गर्न नसकेको सरकारले निराश भएका नागरिकहरुलाई फकाउनको लागि सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गरेको आरोप पनि थापाले लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ