arrow

राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको गन्धः प्रदीप पौडेल

सरकार जनता कि राष्ट्रपतिको ?

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
pradip-poudel.jpg.jpeg

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा राष्ट्रपतिले नेपाल सरकारलाई राजतन्त्रको झल्को दिने गरि ‘मेरो सरकार- मेरो सरकार’ भनेपछि चौतर्फी आलोचना भएको छ ।

काँग्रेस युवा नेता प्रदीप पौडेलले ट्वीट गर्दै राष्ट्रपतिको भाषणमा राजाको झल्को आउने गरी ‘मेरो सरकार’ भनेको भन्दै आपत्ति जनाएका छन् । काँग्रेसले राजा खोज्यो भनेर भन्नेहरुलाई पौडेलले जवाफ दिँदै आज राष्ट्रपतिले गरेको सम्बोधनको भाषाबारे सोच्न पनि सुझाएका छन् । उनले भनेका छन्, ‘सरकार नेपाल र नेपालीको होइन राष्ट्रपति हुन चाहन्छ’ ।

 सरकारको नीति तथा कार्यक्रम भाषण, सबै मन्त्रालय, मन्त्रीपरिषद र सरकारका सल्लाहकारहरुसँगको समन्वय गरेर प्रधानमन्त्री कार्यालयले मुख्य सचिवको रोहबरमा तयार पार्छ । यसलाई मन्त्रीपरिषदबाट पारित गरेर राष्ट्रपतिलाई पढ्न दिइन्छ ।

त्यसपछि राष्ट्रपति र उनको टोलीले भाषागत शुद्धता हेर्ने समय पाउँछ । राष्ट्रपति भण्डारीले पनि चित्त नबुझाएको र चाहेको भए मेरो सरकार भन्ने वाक्यांश परिवर्तन गर्न गराउन सक्थिन् । साउद उनलाई पनि यो सरकार आफ्नै मात्र सरकार जस्तो लाग्यो ।

राजतन्त्रकाल र राजा सहितको बहुदलीय प्रजातन्त्र ‘श्री ५ को सरकार’ भन्ने चलन थियो । त्यो बेलाका श्री ५: राजा । अर्थात् राजाको सरकार । गणतन्त्र स्थापनापछि राष्ट्रपतिले सम्बोधन गर्ने कुनै पनि काममा ‘मेरो सरकार’ शब्दको प्रयोग भएन ।

तर आफुलाई संसारकै सबभन्दा विद्वान ठान्ने र कसैलाई खासै नगन्ने प्रधानमन्त्री केपी ओली, उनको सरकारले यस पटक तयार पारेको नीति तथा कार्यक्रममा पूर्व राजाहरुले प्रयोग गर्ने शब्दवली टप्पक टिपेर आफुलाई राष्ट्रपतिको मात्रै सरकारमा सिमित गरेको छ ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवको दुई कार्यकाल र वर्तमान राष्ट्रपति विद्या भण्डारीले पनि पहिलो कार्यकालमा ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, दुई तिहाइको ओली सरकारको पाला भने नीति तथा कार्यक्रममा बाचनमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ प्रयोग गरिन् । 

राष्ट्रपति भण्डारीले बाचन गरिरहँदादेखि नै समाजिक सञ्चाल उनको आलोचनामा तात्तिएको थियो। दलका नेता कार्यकर्तादेखि आम नागरिकले पनि बिरोध जनाएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने आलोचना गर्नेहरुलाई अन्तर्राष्ट्रिय अभ्यास हेर्न भन्दै सिकाएका छन् । भारत अमेरिका लगायतका मुलुकमा यस्तै चलन छ भन्दै उनले अन्तराष्ट्रिय अभ्यास नबुझ्नेहरुले टिप्पणी गरेको भन्दै आक्रोस पोखेका छन् । प्रधानमन्त्री कार्यालयको टोलीले नै भारत अमेरिका बेलायत लगायत मुलुकका अभ्यास हेरेर मेरो सरकार राखेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ