arrow

पचासौं वैवाहिक वर्षगाँठ मनाए पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले 

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
xking-gyanendra-komal.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले ५० औं वैवाहिक वर्षगाँठ मनाएका छन् । ललितपुरको एक होटलमा रात्रिभोजको आयोजना गरी उनीहरुले वर्षगाँठ मनाएका हुन् । 

होटल भिभान्तमा आफन्त तथा नातेदारलाई बोलाएर गरिएको वर्षगाँठ कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी पनि सहभागी भएका थिए । 

लामो समयपछि पारस र हिमानी एउटै कार्यक्रममा भेट भएका हुन् । पारस धापासीस्थित कुण्डलिनी क्लबमा र हिमानी सासु ससुरासंग निर्मल निवासमा बस्दै आएकी छिन् । 

रात्रिभोजमा पारस–हिमानीका सन्तानहरु छोरा हृदयेन्द्र र दुई छोरीहरु पनि सहभागी थिए । 

झण्डै दुई सय जना सहभागी रहेको उक्त रात्रिभोज आफ्नै लगानी रहेको सोल्टी होटलमा नगरी भिभान्तमा गर्नुलाई भने आश्चर्यजनक रुपले लिइएको छ । पूर्वराजाका अधिकांश कार्यक्रम यसअघि होटल सोल्टीमै हुने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ