arrow

'मेरो सरकार' भनेकोमा विरोध गर्नु लोकतन्त्रको उपहास : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
pm-olis1.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको 'मेरो सरकार' भन्ने शब्दावलीको बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीले 'मेरो सरकार' भनेको प्रति आलोचना गर्नु भनेको लोकतन्त्रको उपहास भएको समेत दाबी गरे ।

शनिबार विहान विभिन्न सञ्चारमाध्यमसँग बालुवाटारमा भएको छलफलको क्रममा प्रधानमन्त्री ओ‌लीले संसदबाट निर्वाचित हुँदा नै राष्ट्रपतिले 'मेरो सरकार' भन्ने हैसियत राखेको भन्दै यसमा विरोध गर्नुको कुनै तुक नरहेको दाबी गरे । उनले ''मेरो सरकार पनि नभनेर के संसद्मा निवन्ध पढ्ने हो'' भन्दै पत्रकारहरुसँग प्रतिप्रश्न समेत गरेका छन् । ''सरकारको नीति कार्यक्रमभन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै संसदमा आउँछन् ।” ‌ओलीले भने । 

मेरो सरकार भन्नेकुरा अन्तराष्ट्रिय स्तरमा समेत अभ्यास भइरहेको भन्दै ओलीले केही पनि एजेण्डा नपाएका विपक्षीहरुले यसैलाई विषय बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले 'मेरो सरकार' भन्न सक्ने दाबी पनि गरे । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पेश गर्ने क्रममा भण्डारीले पटक पटक मेरो सरकार भनेपछि सरकारको तीब्र आलोचना भएको छ । 

नेपालको संविधानले नेपाल सरकार भन्ने उल्लेख गरेको बेलामा श्री ५ को सरकार भनेर संविधानमा लेखिएको बेलामा राजाले मेरो सरकार भने जसरी राष्ट्रपतिले पनि मेरो सरकार भन्नु संविधान विपरित रहेको काँग्रेसको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ