arrow

बारा-पर्सामा बस्ती शिलान्यासका लागि केन्द्रीय मन्त्रीको लर्को, अर्थ के?

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
bara-parsha-minister.jpg

बारा। बारा र पर्साका टोर्नाडो आँधी पिडितका लागि घर निर्माण थालिएको छ । साउन मध्यसम्म काम सक्ने गरी नेपाली सेनाले बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ वटा घर बनाउन थालेको हो। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लक्षित मितिमै सबै घर बनाइसक्ने दाबी गरेका छन्। घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले १२ वटा क्षेत्र तोकेर काम शुरु गरेको छ। १२ वटै क्षेत्रमा घरको जग हाल्न केन्द्र सरकारका १० जना मन्त्री शनिबार लर्को लागेर बारा पर्सा गएका छन् । 

आफ्नै प्रदेशमा शुरु भएको घर निर्माणको जग हाल्ने मौका भने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मात्रै पाए। घरको जगहाल्न प्रधानमन्त्री आफैं जाने तय भएको पनि थियो । तर शुक्रबार राष्ट्रपतिले सदनमा गरेको सम्बोधनको भाषा र ठूलो बजेट आफ्नै निर्वाचन क्षेत्रमा थोपर्न खोजेको खबर सार्वजनिक भएपछि, प्रधानमन्त्रीले उता जाने कार्यक्रम तोडेर बालुवाटरमा आफु र राष्ट्रपतिको बचाउ गर्न उचित ठाने।

के हो अर्थ ? 
केही दिनअघि ललितपुर आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकारले बेइमानी गरेको र आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै वीचैमा हस्तक्षेप गरेर सरकार परिवर्तन गर्न सकिने चेतावनी दिएका थिए । यहीवीचमा २ नम्बर प्रदेशको नेतृत्व सहित केन्द्र सरकारमा समेत सामेल समाजबादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिवीच एकिकरणको कुरा आयो (शनिबारै यसको टुंगो समेत लाग्यो) ।

सीधा अर्थमा केन्द्र सरकार, टोर्नाडो पिडित बस्ती निर्माणको जस प्रदेश सरकारलाई दिन चाहँदैन । पिडितले नयाँ घर पाउनु आफ्नो ठाउँमा छ । तर सेनालाई बस्ती निर्माणका लागि ८५ करोड रुपैयाँ छुट्याउने र भुकम्प पिडितहरुलाई भन्दा टोर्नाडो पिडितलाई २ लाख बढी थपेर ५ लाख रुपैयाँ दिने केन्द्र सरकारको निर्णको पछाडी ठूलो राजनीति लुकेको छ । त्यो भनेको आफ्नो भूमिका देखाउँदै प्रदेश २ मा आफ्नो प्रभाव विस्तार गर्ने । त्यही प्रभाव विस्तारको नमूना सहित आज केन्द्र सरकारले सेनाका ३ वटा हेलिकप्टरमा १० जना केन्द्रीय मन्त्रीको लर्को बारा पर्सामा उतारेको हो । 

होइन भने, नेपाली सेनाले जिम्मा पाएको घर निर्माणमा सहयोग गर्न प्रदेश २ को प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय घर पूर्नस्थापना तथा घर पूर्न निर्माण सहजीकरण र समन्वय समिति गठन भएको अबस्थामा, केन्द्र सरकारले, प्रदेश सरकारका मन्त्रीहरुबाटै शिलान्यश गराउन नसक्ने कुनै कारण थिएन । 
 

कुन मन्त्रीले कुन ठाउँमा जग हाले? 
१. उपप्रधानमन्त्री ईश्वर पोखरेल—    फेटा गाउँपालिका ६ पुरैनियाका इजहार मियाँको घर। हावाहुरीले मियाँको घर भत्किँदा बुहारी, नातानातिनी गरी ४ जना सदस्यको ज्यान गएको थियो । 
२. उपप्रधानमन्त्री उपेन्द्र यादव—     परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुर
३. गृहमन्त्री रामबहादुर थापा बादल— प्रसौनी गाउँपालिका वडा नं ४ खुट्वा जब्दी 
४. शहरी विकासमन्त्री इस्तियाक राइ— फेटा गाउँपालिका वडा नं ४ भरवलीया 
५. महिला, बालबालिका मन्त्री थममाया थापा— फेटा गाउँपालिका वडा नं ४ भलुही
६. भूमिव्यवस्थामन्त्री पदमा अर्याल — महागढीमाई नगरपालिका वडा नं ७ तेलगाइ 
७. भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ— सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया 
८. सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित— पचारौता ७ बेनौली
९. उर्जामन्त्री वर्षमान पुन —वीरगञ्ज २२ जगरनाथपुर 
१०. खानेपानी मन्त्री विना मगर — बीरगञ्ज उदयपुरघुर्मी 
११. मुख्यमन्त्री लालाबाबु राउत— बारा देवताल ७ रामपूर्वा र कलैया १३ छोड्की फुलबरिया । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ