- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जुम्ला । धावनमार्ग स्तरोन्नतिपछि देखिएको जुम्ला विमानस्थलको दृश्य । बैशाख ५ गतेबाट हवाई उडान बन्द गरी मर्मत सम्भार तथा स्तरोन्नतिको काम थालिएको हो ।
अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताए ।
विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।