arrow

राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त, राष्ट्रपतिले भन्नु अनुपयुक्त ?

‘राष्ट्रपतिको भनाइ सही’

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
pm-olis1.JPG

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको  टिप्पणी गरेका छन् ।

छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानममन्त्रीले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज रहेको बताए । उनले भने,“मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।”

प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने तर जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु अनुपयुक्त हुने भनी गरिएका टिप्पणी नै गलत भएको ठहर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ