arrow

चन्द नेतृत्वका इञ्चार्जसहित चार पुर्पक्षका लागि कारागार चलान

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
biplab-maobadi.jpeg

सङ्खुवासभा । नेत्र विक्रम चन्द नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित चार जना जेल चलान भएका छन् ।

चन्द समूहका सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सुजन विक, सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए ।

प्रहरीले गुरुङलाई गत चैतमा काठमाडौँबाट पक्राउ गरेको थियो । इञ्चार्ज देव र सुनितालाई अरुण तेस्रो जलविद्युत् परियोजनामा विष्फोट गराएको आरोप लागेको छ भने अन्य दुई जनालाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा लागेको थियो ।

अर्का जिल्ला सदस्य बुद्धिमान तामाङ भने रु ४० हजार धरौटी बुझाउन नसकेकाले कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ । बुद्धिमानलाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो ।

 प्रहरीले अहिलेसम्म सङ्खुवासभाका विभिन्न स्थानबाट विप्लवका नौ जना कार्यकर्ता पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ