arrow

डिभी चिट्ठाको नतिजाको प्रतिक्षामा हो ? यसरी हेर्नुहोस् नतिजा 

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
dv-2020.jpg

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा डिभीको सन् २०२० को नतिजा मंगलबार सार्वजनिक हुँदैछ । गत वर्षको असोज १७ देखि कात्तिक २० गतेसम्म खुलाइएको फारमको नतिजा मंगलबार सार्वजनिक हुन लागेको हो । 

बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । 

अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

सन् १९९१ देखि ल्याइएको यो कार्यक्रममार्फत हरेक वर्ष झण्डै ५० हजारले डिभी पाउँछन् । 

डिभीको नतिजा हेर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । यसको नतिजा हेर्नका लागि  www.dvlottery.state.gov मा हेर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ