arrow

प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने

आजै नीति तथा कार्यक्रम पारित हुदै

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
jajinama-oli.jpg.jpeg

काठमाडौं। संसद् बैठकमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। सरकारको नीति तथा कार्यक्रममाथि जबाफ दिन नाम टिपाएका सांसदहरुले आज बोलेपछि प्रधानमन्त्री ओलीले जबाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा गएको आइतबारदेखि छलफल भइरहेको छ। आजको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिने र दोश्रो बैठकले नीति तथा कार्यक्रम पारित प्रक्रिया सुरु हुनेछ। प्रधानमन्त्री ओलीले जबाफ दिएपछि प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गरिने संसद सचिवालयले जनाएको छ। आजै नीति तथा कार्यक्रम पारित हुने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए। 

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ। आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। नीति तथा कार्यक्रमको अन्तर्वस्तु भन्दा पनि प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको भाषा शैलीप्रति विपक्षी दलका सांसदले चर्को आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकाले त्यसलाई सच्चाएर ‘नेपाल सरकार’ बनाउनुपर्ने माग गरेको छ। राष्ट्रिय जनता पार्टीले पनि विभिन्न ५ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ