arrow

आफ्नै दम्भले फसायो प्रधानमन्त्री ओलीलाई, संसदमा सहनुपर्‍यो यस्तो अपमान 

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
Pm-oli-paarliment.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीनवटा आपत्तिजनक शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले स‌ंसदमा विरोध गरे । मंगलबार सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले संसदीय अभ्यासमा आपत्तिजनक लाग्ने शब्दहरु पनि बोलेका थिए । जसलाई लिएर काँग्रेस सांसदहरुले संसदमा नियमापत्ति जनाए । 

अरुलाई होच्याउने र खसाल्ने स्वभाव त प्रधानमन्त्रीको हरेक भाषणमा झल्किन्छ । तर, अरु ठाउँमा होच्याएर बोलेको विषय अर्को मञ्चबाट उत्तर मिल्ने र सो विषय ठूलो मुद्दा नबन्ने भएपछि आफ्नो दम्भलाई निरन्तरता दिँदै आएको प्रधानमन्त्री ओलीलाई मंगलबार भने त्यही दम्भ महंगो बन्न पुग्यो । सुरुको मन्तव्य सकेपछि विभिन्न स‌ांसदहरुले प्रधानमन्त्री ओलीसामु प्रश्न राखेका थिए । प्रश्न नराख्न निर्देशन भएकोले त्यसमा सत्तापक्षका सांसदहरुले खासै प्रश्न सोधेनन् । अधिकांश प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । सो प्रश्नको उत्तर दिन रोष्टममा पुग्ने वित्तिकै प्रधानमन्त्रीले  ‘आक्रोश, कुण्ठा, पाखण्ड र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्ने अभिव्यक्ति दिए। यही अभिव्यक्तिले सं‌सदमा हंगामा भयो र प्रधानमन्त्री आफ्नै शब्दका कारण आफैं अपमानित बन्नु पर्यो ।  

सभामुख कृष्णबहादुर महराले सो घटनाबारे आफ्नो ध्यानाकर्षण भएको बताए । त्यो शब्दलाई रेकर्डबाट हटाउने बारेमा पनि छलफल गर्ने पनि बताएर प्रधानमन्त्रीलाई उत्तर दिन समय दिएपछि काँग्रेसले संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी समेत गर्यो । प्रधानमन्त्री ओलीले पनि नाराबाजीकाबीच नै आफ्ना कुराहरु हतार हतार सकेर आफ्नै कुर्सीतिर फर्किए । यसरी प्रधानमन्त्री आफ्नै शब्दका कारण यस्तो अपमान सहन बाध्य भए कि उनी संसदको रोष्टममा बोल्दैगर्दा उनी विरुद्ध नै सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यो पनि प्रधानमन्त्रीले संसदीय मर्यादा राखेनन् भनेर। त्यसलाई पेलेर हतार हतारमा आफ्नो भनाइ सकेर फर्कनु पर्ने अवस्थालाई संसदीय मामलाका जानकारहरु ठूलो अपमानको रुपमा लिन्छन् । 

सो अभिव्यक्तिपछि प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरेका थिए। त्यही बेलामा प्रधामन्त्री ‌‌ओलीले चोर औला ठड्याउँदै अपशब्द नबोल्न चेतावनी दिए । यद्यपि प्रधानमन्त्रीले भनेको अपशब्द कसले बोलेको थियो ? त्यो भने रेकर्डमा सुनिएको छैन । 

प्रधानमन्त्रीले रोस्टममा बसेर कहिले …उत्तर चाहिन्छ कि चाहिँदैन ?' त कहिले 'अपशब्द बोल्न पाईं‌दैन' भन्दै चेतावनी दिइरहँदा काँग्रेस सांसदहरु भने संसदीय मर्यादा कायम गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए । सोही नाराबाजीकाबीच नै प्रधानमन्त्रीले पनि आफ्नो कुरा सिध्याए भने सरकारको नीति तथा कार्यक्रममाथि स‌ंशोधन प्रस्ताव दर्ता गराउने सांसदहरुलाई फिर्ता लिन आग्रह र निर्णयार्थ पेश गरेर बैंठक सम्पन्न गरेका छन् । प्रतिनिधि सभाको आगामी बैठक आगामी शुक्रबार बस्ने सभामुख महराले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ