arrow

प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको भन्दै कांग्रेसको विरोध

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
pm-oli2.JPG

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात् सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ ।

कांग्रेस संसदीय दलले संसद्को गरिमामा आँच आउने खालका अभिलेख संसद्को रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढङ्गले संसद् सञ्चालन गर्न आग्रह गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखले संसद्को गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको  सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । 

त्यसपछि काँग्रेस सांसदहरुले त्यसमा आपत्ति जनाएको थियो । प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ