arrow

पार्टीमा खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रियोः रामचन्द्र पौडेल 

‘तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली काङ्ग्रेस भन्नुस्’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
paudel-ramchandra-news.jpeg

रामेछाप । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताएका छन् । 
     
 उनले भने, “तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली काङ्ग्रेस भन्नुस् ।” वर्तमान सरकार अराजकतर्फउन्मुख भएको उनले आरोप लगाए ।
     
 नेपाली काङ्ग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराउनुभएको शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए । 

पार्टीका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारले पूर्वसरकारले ल्याएको कार्यक्रम आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ