arrow

संसद हंगामाको चुरो कुरो 

ओली–महरामाथि नैतिक प्रश्न

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
samsad_hangama_ko_churo_kuro.JPG

काठमाडौं । हैसियत नभएको मान्छेले नसोचेको लाभ वा पद पायो भने अरुलाई गन्न छाड्छ । आम नेपाली समाजमा यस्तो प्रवृत्तिलाई टुप्पाबाट पलाएको भन्ने गर्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रबृत्ति यतिबेला यस्तै देखिएको छ । कसैलाई नगन्ने । कसैलाई नटेर्ने । कसैको वास्ता नगर्ने । मनमौजी । जे मन लाग्यो बोल्ने । 

जे मन लाग्यो भन्ने । पूर्वी नेपालमा ओलीको बाल्यकाल बारे एउटा चर्चा चल्छ । उनी सानैदेखि चतुर थिए । साथीहरुसँगै उनी घाँस काट्न जान्थे । घाँस काट्न जाँदा साथीहरुलाई रमाइला कुरा सुनाउँथे, गफ चुट्थे र बस्थे । साथीहहरुलाई घाँस काट्न लगाउँथे टन्नै । बालसखाहरुलाई मुर्गा बनाएर उनी आरामले भारी पुर्याउँथे । बोलेकै भरमा घाँस कटाउँथे । त्यति चतुर । 

उनको यही खुबी अहिले पनि जारी छ । बोल्छन् । तर जमाना बदलिएको छ । उनीजस्तै बोल्ने, उनले जस्तै खोक्ने थुप्रा छन् । उनका बालसखा जस्तै मुर्गा बन्ने अहिलेका मान्छे छैनन् । उनी आफैं मुर्गा बनाइन्छन् । त्यसको एउटा नमूना हो, उनी आफैंले भनेका ‘चिनी व्यापारी’ । 

उनले बोलेको भरमा, गफ दिएको  भरमा उनको काम गरिदिने को ? अब गफले डोको भरिँदैन भन्ने हेक्का उनी आफैंले भूलिसकेका छन् । र त ‘बेला न कुबेला बजी नयला’ भने झैं ठाउँ कुठाउँ रुखो बोलिहिँड्छन् । बुढापाका भन्छन्, प्याच्च नबोल्नु, थुतुनो जोगाउनू । 

प्याच्च बोल्दाको परिणाम उनी मंगलबारको संसद बैठकमा अपमानित बने (आम जनताको आँखामा), आफ्नै छुचो बोलिले । तर उनलाई अपमानले छुँदैन । साउद उनलाई सम्मानको अपेक्षा पनि थिएन । सम्मानको अपेक्षा उसले गर्छ, जसले अरुको मान राख्न जान्दछ । 

प्रतिपक्षले राखेको प्रश्नलाई निम्छरो भनेपछि ओलीले विरोधको सामना गर्नु पर्यो । आफु बोलिरहेको बेला अरुले खोक्दासमेत घोइरो आँखा लगाउने ओलीले मंगलबारको संसद बैठकमा भने कुण्ठा पालेरै भाषण सके । उनले, प्रतिपक्षीले राखेको जिज्ञासालाई ’आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्ति’ भनिदिए । तर उनको यो अभिव्यक्ति लगत्तै उनले व्यवहार त्यस्तै खालको देखियो ’आक्रोश, कुण्ठा र निम्छरो’ । 

प्रधानमन्त्री पदको गरिमा समेत ख्याल नगरी प्रस्तुत भएका ओली लगभग पाखुरा सुर्केर झगडामा उत्रिएको आभाष दिए । संसदमा दम्भ देखाउने शैलीमा प्रस्तुत भएका ओलीले भने, ‘जवाफ चाहिएको छ कि छैन’ ?
आलोचनात्मक प्रश्न सुन्ने सामथ्र्य समेत गुमाएझैं देखिएका ओली प्रश्नको जवाफ दिन भन्दा अपशब्द बोले भन्दै रेकर्ड खोज्न तिर लागे । 

अब ग्यास बोक्नु नपर्ने, धारामा पानी खोल्दा जस्तै आउने, भ्रष्टाचारीको मुख नहेर्ने भन्ने तर २५ अर्बभन्दा माथिको ठेक्का लगाएर आफैंले गर्ने ? ‘मार्सी चामलदेखि मन्दिरको दर्शन, वाइडवडी खरिद, बालुवाटारको जग्गा प्रकरणमा आफैं निसाफ दिने? लगायतका प्रश्नका ओइरो लागेपछि कन्सिरी तताएका ओली मुठभेडकै शैलीमा प्रस्तुत भए, जुन उनको पदीय आचारणले सुहाउँदो थिएन । बोकाको मुखमा कुभिण्डो भन्ने उखानको पुष्टि गर्न पर्ने  थिएन । शालिन पारामा जवाफ दिन सक्थे । 

सभामुख महराको भूमिकाः 
पूर्व शिक्षक, सभामुख कृष्ण बहादुर महरा पछिल्ला बैठकहरुमा पार्टीको बफादार सिपाही भन्दा माथि उठ्न सकेका छैनन् । चिकित्सा शिक्षा विधेयक पारित गराउनेदेखि मंगलबारको बैठकमा समेत उनी सिपाही सरह देखिए, पार्टी र सरकारको एस म्यान सरह । देख्नमा निरिह जस्तो तर सरकारको पृष्ठपोषकको भूमिकामा ।  

मंगलबारकै बैठकमा प्रतिपक्षले उठाएको प्रधानमन्त्रीको अमर्यादित अभिव्यक्ति र  प्रधानमन्त्रीले प्रतिपक्षी सांसदले बोलेको असभ्य शब्दको प्रश्न उठाएपछि उनले संसद स्थगित गरेर सहज अवतरणको बाटो खोज्नु सक्थे । पथ्र्यो । उनले, प्रधानमन्त्री र प्रतिपक्षले बोलेको भनिएका शब्द खोजेरै रुजु गर्न सक्थे । 

तर उनी प्रधानमन्त्रीको अघिल्तिर नतमस्तक भए । उनलाई सायद थाहा थियो ओलीले गलत बोल्दैछन् । त्यसैले जाँगर चलाएनन् । निर्लज्ज मुख लगाए । प्रतिपक्षले आपत्ति जनाइरहँदा प्रधानमन्त्रीलाई बोल्न दिइरहे, सत्तारुढ सांसदलाई टेबल ठटाउन दिइरहे र नीति तथा कार्यक्रम पारित गराए, पार्टीको बफादार कार्यकर्तातको हैसियत फेरि एक पटक राम्रैसग निर्वाह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ