arrow

कांग्रेसको जागरण अभियानमा अपांगता भएकाको सेवासुविधा वञ्चितबारे गहन मुद्दा उठाइँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
loktantrik-apangata-sangh.jpg

काठमाडौं । नेपाली काँग्रेसको बुधबार (बैशाख २५ गते) देखि राष्ट्रिय जागरण अभियान शुरु हुँदैछ । यो अभियानमा अपांगता भएकाहरुको हक अधिकार केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेको सम्बन्धमा गम्भीर छलफल, विवेचना र विरोध हुने भएको छ । 

यसका लागि राष्ट्रिय लोकतान्त्रिक अपांग संघ परिवारले हरेक जिल्लामा पत्र नै काटेको छ । लोकतान्त्रिक संघका अध्यक्ष भोजराज श्रेष्ठले बैशाख २५ देखि जेठ २५ सम्म हुने पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा सक्रियता पूर्वक सहभागीता जनाउन राष्ट्रिय लोकतान्त्रिक अपांग संघका सबै जिल्ला कार्यसमितिहरुलाई निर्देशनात्मक आग्रह समेत गरेका छन् । 

उनले ‘राष्ट्रिय जागरण अभियानमा भ्रातृ एवं सुभेच्छुक संस्थाहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन भए अनुसार वर्तमान सरकारले संविधान, ऐन, नियम, निर्देशिका, सेवा सुबिधाहरुमा गरेको कटौती, विभेद एवं वञ्चितिकरण गरेका अधिकार स्थापित गर्न गराउन जागरण अभियान मार्फत जागरुक गर्न गराउन, अत्यावश्यक रहेकोले आ–आफ्नो जिल्लामा बैशाख २५ गते दिउँसो १ बजे हुने उद्घाटन कार्यक्रममा अनिवार्य उपस्थित हुन जिल्ला कार्यसमितिलाई जानकारी गराइन्छ।’ भनेका छन् । 

उनले पत्रमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम ब्यवस्थापन गर्न पार्टीका केन्द्रीय प्रतिनिधिहरुसंग संपर्क गर्न समेत अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ