arrow

विद्यार्थी भर्ना सवालमा प्रधानमन्त्री ओलीले किन झुठो बोले ?

अपांगता भएका बालबालिकालाई कहिले सुन्छ सरकारले ? 

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
prakash-pant-apangata-samsad.jpg

काठमाडौं । राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले केपी शर्मा ओली नेतृत्वको सरकारले अपांगता भएका बालबालिकालाई वास्ता नगरेको आरोप लगाएका छन् ।

उनले मंगलबारको राष्ट्रिय सभा बैठकमा 
प्रधानमन्त्री ओलीलाई राखेको प्रश्नको ठोस जवाफ आउन नसकेको बताए । 

उनले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए –

–विद्यालय बाहिर रहेका करिब २० प्रतिशत बालबालिकाहरुमध्ये धेरैजसो अपांगता भएका बालबालिका हुन् । उनीहरूलाई विद्यालय पुर्याउने, टिकाउने र सिकाउने ठोस नीति र कार्यक्रम देखिएन । 

–अझैपनि अपांगता भएका बालबालिकालाई धेरैजसो विद्यालयहरुले स्वीकार गरेका छैनन् ।
– मुलुकमा यति ठूलो परिवर्तन भइसक्दा पनि सबै अवस्थाका अपांगता भएका व्यक्तिले स्वास्थ, शिक्षा, रोजगार, आयआर्जन, सहायक सामग्री, सहयोगी सेवा, लगायत सामाजिक सुरक्षाको अनुभुति गर्न पाएका छैनन् ।


यसको जवाफमा प्रधानमन्त्री ओलीले बालबालिका धेरै भर्ना भएको दावी गर्दै अन्य प्रश्नको जवाफ नै दिएनन् । यसबारे पन्तले प्रधानमन्त्री ओलीले झुठो बोलेको बताएका छन् उनले भनेका छन् कि –जब कि नीति तथा कार्यक्रमको बुदा नं २८ मा भनिएको छ –‘विद्यालय बाहिर रहेका बालबालिकामध्ये ८१ प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् ।’

सांसद पन्तले प्रश्न उठाएका छन् –बाँकी करिब २० प्रतिशत बालबालिका कता गए ? आम अपांगता भएका व्यक्तिहरुले मुलुकमा भएको परिवर्तनको अनुभुति गर्न कहिले पाउने ? (पन्त राष्ट्रिय सभामा अपांगता कोटाबाट सांसद बनेका हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ