arrow

संसदमा प्रतिपक्षीले ‘अति’ नै गरेको हो – कृष्णभक्त पोखरेल 

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
krishna-bhakta-pokhrel.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णभक्त पोखरलले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा ‘अति’ नै गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुका जिज्ञासाको जवाफ दिने क्रममा मंगलबार बोलेका शब्दको विषयलाई लिएर प्रतिपक्षी काँग्रेसले गरेको अवरोधलाई उनले ‘अति’ को संज्ञा दिएका हुन् । 

उनले संसदमा बोल्न पाउने अधिकारका बारेमा ब्याख्या भएको र उक्त अधिकारमा रोकटोक लगाउन पाइने छैन भनी नियम बनाउन भूमिका खेलेको सम्झदै पोखरेलले भने, ‘त्यही नियममै रहेर पटकपटक सम्झाउन पनि खोजें तर प्रतिपक्षीले सम्झेन ।’

उनले भने, ‘यसबारे सम्झाउने प्रयास असफल भयो । संसदमा नहुने काम भयो ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई प्रयोग गरेका शब्दहरु ‘आक्रोश, कुण्ठा र निम्छरो’ प्रयोग गर्न हुन्थ्यो त ? भन्ने जिज्ञासामा उनले भने, ‘निम्छरो’ शब्दको प्रयोग गर्न हुन्थ्यो किन हुन्थेन भन्ने दोस्रो पाटो भयो । यसबारेमा सभामुखले ध्यानाकर्षण भइसकेको भन्नुभएको थियो । तर के प्रतिपक्षीहरुले मार्सी चामल खानेहरु बालुवाटार छिर्न पाइँदैन भन्न पाइन्थ्यो त ?’

उनले चामलबारे स्पष्ट पार्दै भने, ‘मार्सी चामल त किसानले खाने चामल हो । सबै नेपालीले खाने चामल हो । फेरि प्रतिपक्षीले त्यस्ता भाषा प्रयोग गरेर भड्काउने प्रयास राम्रो भएन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ