arrow

तीन जनालाई खुकुरी हान्ने तामाङ पक्राउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
khukuri1.jpg

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २८ वर्षीय सुरेश तामाङलगायत तीन जनालाई खुकुरी प्रहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय लालसिंह तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट घाइते भएका तीन जनाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ