arrow

समाजवादी पार्टीमा भद्रगोल, असन्तुष्टको छुट्टै भेला, विक नेकपामा 

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
SamajbadiParty_(2)1.jpg

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीचको एकीकरण प्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्तिकी एक केन्द्रीय सदस्यले पार्टी छाडेकी छिन् । बुधबार सो एकीकरणप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपामा प्रवेश गरेकी हुन् । 

नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमकाबीच उनी नेकपामा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल लगायतले स्वागत गरे । 

अर्को तर्फ तत्कालीन संघीय समाजवादी पार्टीका असन्तुष्ट नेताहरुले छुट्टै भेला आयोजना गरेका छन् । काठमाडौंमा बुधबार गरेको भेलामा झण्डै ३० जना जति असन्तुष्ट नेताहरु उपस्थित थिए । असन्तुष्टहरुले अहिले नै पार्टी छाड्ने भन्दा पनि एक पटक नेतृत्वसँग कुराकानी गरेर मात्रै यस विषयमा निर्णय गर्ने निर्णय गरेका छन् । मदन राई, पूर्व मन्त्री कल्पना धमला लगायतका नेताहरुले बाबुराम भट्टराईलाई एकपटक ज्ञापन बुझाउने र त्यसपछिको अवस्था हेरेर थप निर्णय गर्ने बताएका छन् । 

असन्तुष्ट पक्षले पार्टीको एजेण्डा र सांगठनिक संरचना प्रति समेत आपत्ति जनाएका छन् । उनीहरुले पार्टी प्रक्रियाको के विषयमा असन्तुष्टि हो ? भन्ने बारे केही पनि उल्लेख गरेका छैनन् । तर, पार्टी भित्र आन्तरिक लोकतन्त्र रहेन भने त्यसले पार्टीलाई फाइदा नगर्ने उनीहरुको भनाइ छ । 

विभिन्न ९ बुँदे आधारपत्र सहित गत सोमबार दुई पार्टीबीच एकता भएको थियो । एकता पछि पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा बोकेको छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा वकालत गर्ने भएको छ । 

त्यस्तै मुलुकमा ११ प्रदेश हुनु पर्ने अवधारणालाई राजनीतिक मुद्दाको रुपमा अघि बढाउने निर्णय समेत पार्टीले लिएको छ । ९ बुँदे आधारपत्रमा तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका डा‍ बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ