arrow

सरकार संविधानप्रति बफादार छैन –हुमागाई

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
shiva-humagai.jpg

डोटी  । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले अहिलेको सरकार संविधान प्रति बफादार नभएको बताएका छन् । नेपाली काँग्रेसले देशैभर एकै साथ शुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा डोटी पुगेका हुमागाईले यस्तो बताएका हुन् ।

बुधबार शिखर नगरपालिकामा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हुमागाईले भने, ‘सरकारको काम संविधानको संरक्षण गर्ने हो । संविधानको काम सरकारलाई संविधान सम्वत चलाउँने हो तर यो सरकार संविधानसम्वत तरिकाले हिड्न तयार छैन । संविधानको संरक्षण गर्न तयार छैन । सरकार संविधानबाट निर्दे्शित हुन पनि तयार छैन । संविधानसंग उसलाई मतलव पनि छैन र वफादार पनि छैन । सरकारलाई दुई तिहाइको धनधन्ती दम्ब छ त्यो दम्बले सरकार निरंकुश बन्दै गएको छ ।’

केन्द्रिय सदस्य हुमागाईले दुई तिहाइको दम्भका कारण नेपाल संसारकै भ्रष्ट राज्य भएको बताए । उनले ३३ किलो सुन काण्ड गर्वमै तुहिएको बताउँदै त्यस्ता सुन तस्करीमा सरकार आफै संलग्न भएको बताए ।

 ‘सरकारको संलग्नतामा वाइडवडी खरिदमा साढे चार अर्व घोटला भयो । टेलिकमको फोर जीको काम एनसिएलले ६ अर्वमा गरायो नेपाल टिलिकमले त्यहि काम १८ अर्बमा गर्दै छ । त्यसमा १२ अर्ब भन्दा बढी घोटला भएको छ, ‘हुमागाईले भने, ‘केपी ओली बसेको वालुवाटार उहाँकै महासचिवको नाउँमा पास भएको छ । खुला रत्नपार्कमा सटरहरु बनायर बिक्रि भैरहेको छ । बडो अचम्म लाग्छ गण्डकी योजना चिनिया कम्पनिलाई दिईएको छ । यी प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना धेरै छन् ।’

सरकारले प्रदेशको बजेट नेकपाका कार्यकर्ताको नाउँमा, केन्द्रको बजेट नेकपाको टोलमा र स्थानिय तहको बजेट कार्यकर्ताको हातमा दिँदै गरेको आरोप लगाउँदै केन्द्रिय सदस्य हुमागाईले अहिलेको सरकारले नेपाललाई विश्वका भ्रष्ट देशहरुमध्यको एक उतकृष्ट राज्य भनेर चिनाउन सफल भएको बताए । मुलुक अपराधी संरक्षण गर्नमा समेत सफल भएको उनको भनाई थियो ।

केन्द्रिय सदस्य हुमागाईले मुलुकको शान्ति सुरक्षको अवस्था कहाली लाग्दो भएको बताए । प्रहरी प्रशासनलाई कम्यूनिष्ट सरकारको भातृ संगठनका रुपमा प्रयोग गर्ने प्रयत्न भैरहेको बताउँदै उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री अन्तरगत राखिएको अदालत सरकारले कब्जा गरेको र मुलुकको चौथो अंग मिडिया क्षेत्रमा अंकुश लगाएको आरोप समेत लगाए । 

उनले भने, ‘सरकारले कानुन आफु अनुसार परिमार्जित गरिरहेको छ । आज मुलुक विस्तारै निरंकुशता तिर अगाडी बढीरहेको छ । मुलुकको यस्तो अवस्था हुँदा काँग्रेस चुप लागेर बस्नु अपराध गरेजस्तै हो । त्यसकारण पनि जागरण अभियान अघि सारिएको हो ।’

जागरण अभियान नेपाली काँग्रेस र पार्टीको लागि मात्रै नभएको उल्लेख गर्दै हुमागाइले मुलुकका र जनताका लागि पनि भएको बताए । काँग्रेसको यो जागरण अभियानले कम्यूनिष्ट सरकारको अन्त्य हुने र काँग्रेसले प्रजातन्त्रबादीहरुले मुलुकको नेतृत्व गरेर समृद्ध मुलुक बनाउने बताए । उनले जागरण अभियानलाई प्रारम्भिक खुट्किलो भएको उल्लेख गर्दै अब काँग्रेस बिश्राम रहित निरन्तर रुपमा अगाडि बढ्ने बताए ।

नेपाली काँग्रेसले सबै जातीजाती धर्म बर्ग लिङ्ग क्षेत्रलाई समेटेर बिद्यान बनाएकोले सबै जनता काँग्रेस भित्र अट्ने र सबैको सम्मान हुने केन्द्रिय सदस्य हुमागाईको भनाइ थियो । काँग्रेसबीच कुनै विमति गुट र विवाद नभएको उल्लेख गर्दै उनले पार्टि भित्र भएका केहि स्याना त्रुटीहरु सच्याउँदै एक ढिक्का भएर मुलुक बनाउँनेमा आफुहरु कटिबद्ध रहेको बताए ।

काँग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टी भित्र सामुहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउँने जस्ता कार्य गर्ने बताउँदै केन्द्रिय सदस्य हुमागाइले कम्यूनिष्टका बिरुद्ध एक ढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताए । उनले यो अभियान मुलुक र जनताको हितमा समर्पित भएकाले अभियानमा सहभागी भैदिन र सहयोग गर्न आह्वान समेत गरे ।

डोटीमा शिखर नगरपालिकाबाट शुरु गरिएको जागरण अभियान कार्यक्रमलाई नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरत खड्का, जिल्ला सभापति प्रदिप देउवा, क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशी, महिला संघ डोटीकी अध्यक्ष माया कुवँरले सम्बोधन गरेका थिए ।

नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेकपा छोडेर ७० भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । प्रवेश गर्नेमा दलित महिलाहरुको संख्या बढी छ ।

शिखर नगरपालिकाबाट सुरु भएको राष्ट्रिय जागरण अभियान बैशाख २६ गते पुर्विचौकी, २७ गते आदर्श,२८ गते सायल, २९ गते दिपायल सिलगढी नगरपालिका,३०र३१ गते बोगटान र जेठ १ गते केआईसिं गाउँपालिकामा संचालन हुने र अन्य ठाउँमा त्यसपछि तय गरिने जिल्ला सचिव नारायण जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ