arrow

भियतनामबाट फाइदा लिनकै लागि प्रधानमन्त्रीको भ्रमण 

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
rajan-bhattarai.jpg.jpeg

काठमाडौं । भियतनामसंग नेपालको सम्बन्ध राम्रो भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताएका छन् । 

सम्बन्ध राम्रो भए पनि दुवै देशमा राजदूतावाससमेत छैन । यसपटकको भ्रमणले दूतावास राख्नका लागि पहल हुन सक्ने भट्टराईले बताए । प्रधानमन्त्री बिहीबारदेखि भियतनाम र कम्बोडिया भ्रमणमा, यस्तो छ कार्यतालिका

केही बुँदाहरुमा दुई देशबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको भट्टराईले बताएका छन् । नेपालले तीन वटा बुँदामा हस्ताक्षर गराउने योजना बनाएको भए पनि भियतनामले भने अझै त्यसबारे नखुलाएको भट्टराईले बताए । 

यो अभियान कम्युनिष्ट सरकारसंग सम्बन्ध विस्तार गर्ने नभई आपसी देशबीच विदेश नीति मजबुद पार्ने भएको पनि भट्टराईको दावी छ । 

नेपालले अहिलेसम्म भियतनामबाट फाइदा लिन नसकेकाले यो भ्रमणपछि फाइदा लिने उनले बताएका छन् । 

अन्तर्राष्ट्रिय सम्मेलन भइरहँदा नेपालको उपस्थिति दरिलो हुने भट्टराईको भनाइ छ । बुद्ध जयन्तीको अवसरमा बुद्धको जन्मभूमिका प्रधानमन्त्रीले सम्वोधन गर्दा भियतनामले पनि गौरव राख्ने भट्टराईले दावी गरे । 


बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा हुने भियतनाम र कम्बोडियाको भ्रमण टोलीमा डा भट्टराई पनि सहभागी हुँदैछन् ।


भियतनाममा पनि त्यही कम्युनिष्ट सरकार छ । त्यहाँ चिनियाँ मोडलमा निर्वाचन हुने गर्दछ । उपल्लो तहमा एउटै पार्टीको शासन चल्छ । 

कम्बोडियामा सन् १९८५ देखि कम्युनिष्ट सरकारले विपक्षीलाई जित्न दिएको छैन । त्यहाँको पिपुल्स पार्टीले १२५ मा सबै सिट जित्दै आएको छ । निरंकुश शासन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ