arrow

'सत्ता बाँदरको हातमा'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
ramchandra1.JPG

जनकपुरधाम । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सबैको अधिकार समेट्ने दस्तावेजको रुपमा रहेको संविधान बाँदरको हातमा गएको टिप्पणी गरेका छन्।

जनकपुरधाममा राष्ट्रिय जागरण अभियानको उद्घाटनलाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारलाई बाँदरको संज्ञा दिँदै देशको संविधान र शासन सत्ता बाँदरको हातमा गएकोले कुनै पनि बेला हजारौंको शहादतबाट प्राप्त लोकतन्त्र सहितको संघीयता समाप्त भएर जाने बताए।

वरिष्ठ नेता पौडेलले भने  वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको बोल्दै   त्यसले लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन  । वरिष्ठ नेता पौडेलले नेकपा मात्र नभई मधेशवादी दलहरु पनि सत्ताको दुरुपयोग गर्नकै लागि राजनीति गरिरहेको आरोप लगाए ।

संघीयता, लोकतन्त्रक र गणतन्त्रलाई समाप्त पार्न संकल्प, उद्देश्य र सिद्धान्तविहीन कम्युनिष्ट शासक समाप्त पार्न ठूलो षड्यन्त्रमा लागेकोले देशमा विभिन्न संघर्षबाट आएको परिवर्तन संस्थागत गर्न नेपाली कांग्रेस जागरण अभियानमार्फत अघि बढिसकेको भन्दै यस अभियानलाई प्रत्येक तह र तप्कामा जनतामा लग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले सिंहदरबारलाई भ्रष्टहरुको आखाडाको संज्ञा दिदै प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टहरुको नाईके रहेको बताए । देशमा भईरहेको अपराध नियन्त्रण गर्नुको साटो सरकार अपराधीहरुलाई संरक्षणमा लाग्दा असुरक्षा बढेको केसीको तर्क थिए ।

नेपाली कांग्रेस धनुषा का सभापति  महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ