arrow

जीवितलाई मृतक सम्झिँदाको आक्रोश : टाँडीमा प्रहरी चौकी आक्रमणपछि अश्रुग्यास प्रहार 

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
bharatpur-muni.jpg

काठमाडौं । प्रदेश नं ३ को चितवनको टाँडीमा स्थानीयले प्रहरी चौकीमाथि आग्रमण गरेका छन् । प्रहरीले सोधपुछको लागि हिरासतमा राखेका एक व्यक्तिको ज्यान गएको भन्ने अफवाह पछि आक्रोशित स्थानीयले प्रहरी चौकीमा तोडफोड गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार मृतक भनिएका पदमपुरका एक युवकलाई सोधपुछको लागि प्रहरी हिरासतमा राखिएको थियो । सोही क्रममा उनले शौचालयमा गएर आफ्नो कपडा खोली आत्महत्याको प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पतालमा पुर्याएको छ । 'उनको ज्यान भएको भन्ने अफवाह फैलिएपछि स्थानीय आक्रोशित भएका थिए ।' प्रजिअ बस्नेतले भने 'उनलाई अहिले पनि पुरानो मेडिकल कलेजमा राखिएको छ । अहिले स्थिति पनि नियन्त्रणमा आईसकेको छ ।'  

स्थानीयहरुले राजमार्ग बन्द गरेर प्रहरी विरुद्ध प्रदर्शन गरेका थिए । प्रहरीको हिरासतमा नागरिकको ज्यान गएको भन्दै आक्रोशित भीडले चौकीमा ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको प्रजिअ बस्नेतले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ