arrow

किन गरे प्रचण्ड र सीताले दोस्रो पटक विवाह ?

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
prachanda18.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालसंग दोस्रो पटक विवाह गरेका छन् । ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरिएको हो । 

विवाहले पत्नी सीताको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको प्रचण्डको भनाइ छ । बिहीबार उनकै निवासमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वैवाहिक कार्यक्रमले पत्नी सीताको मनोवल उच्च भएको भन्दै खुशीसमेत व्यक्त गरे ।

उनीहरुबीच २०२६ सालमा मागी विवाह भएको थियो । त्यतिबेला दुवै १५ वर्षका थिए । चार सन्तानमध्ये जेठी छोरी ज्ञानु र एक मात्रै छोरा प्रकाशको निधन भएपछि सीता विक्षप्त हुँदै आएकी छिन् । छोरी रेनु भरतपुर महानगरपालिकाकी प्रमुख छिन् भने अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारीमा छिन् । 

सीतालाई ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ पिएसपी रोग लागेकाले त्यसबाट पार पाउन प्रचण्डले अनेक विधि अपनाइरहेका छन् । त्यस अन्तर्गत नै विवाहको कार्यक्रम राखिएको प्रचण्डको भनाइ छ । 

यो वैवाहिक कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्तासंगै समाजवादी पार्टी नेपालका अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ