arrow

‘माग पूरा नभए सरकारबाट बाहिरिन्छौं’ –राजेन्द्र श्रेष्ठ 

‘प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्छु भनेर हस्ताक्षर गरेको एक वर्ष हुन लागेको छ । उहाँले संशोधन गर्नु भएन भने उहाँ धोकेबाज निस्कनु हुन्छ ।’ 

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
rajendra-shrestha-samsad.jpg

काठमाडौं । समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले आफ्ना मागहरु पूरा नगरे सरकारबाट बाहिरिने बताएका छन् । 

संघीय समाजवादी फोरमका तत्कालीन उपाध्यक्ष श्रेष्ठले भनेका छन्, ‘आफूहरु सरकारबाट अहिले नै बाहिरिने नभइ संविधान संशोधनका लागि नेकपासंग वार्ता हुने र त्यो सफल नभए बाहिरिन सक्छौं ।’ 

यसअघि गरिएको सहमति सम्झदै नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्छु भनेर हस्ताक्षर गरेको एक वर्ष हुन लागेको छ । उहाँले संशोधन गर्नु भएन भने उहाँ धोकेबाज निस्कनु हुन्छ ।’ 

श्रेष्ठले स्पष्ट पार्दै भने, ‘हाम्रो सहमति अनुसार संविधान संशोधन गर्ने बेला आयो । संसदको यही सेसनमै सरकारले संविधान संशोधन गरेन भने हामी सरकारबाट बाहिरिन्छौं ।’

पार्टीभित्र कुनै द्धन्द्ध नभएको भन्दै नेता श्रेष्ठले नयाँ पार्टीमा जो आएका छैनन् उनीहरुको कुरा बेग्लै भएको बताए । 

पार्टीभित्र भागबण्डा केही नभएको भन्दै उनले डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको भागबण्डामा पार्टी नलागेको स्पष्ट पारे । 

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएपछि गुटबन्दीको चर्चा चलिरहेको हो । पार्टी एकता भएपछि बाबुराम भट्टराई पक्षका केही नेताहरुले पार्टी छाडेका छन् । 

भट्टराईको दवावमा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा गएको टोलीलाई तत्काल फिर्ता आउन दवाव आएको बताइएको छ । 

तर यादव भने पर्ख र हेरको अवस्थामा रहेको बताउँदै आएका छन् । नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफूहरुको ‘वाद’ नै फरक रहेको भन्दै कुनै पनि हालतमा एकता नहुने बताए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ