arrow

'जनताले कम्युनिष्ट सरकारको बिकल्प खोज्न थाले'

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
congress-poudel.jpg

उदयपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अहिलेको दुई तिहाईको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको बिकल्प खोज्न थालेको बताएका छन । नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै नेता पौडेलले अहिलेको सरकार दुई तिहाईको भए पनि प्रष्ट भिजन नहुदा जनता निराश भएको र सरकारको बिकल्प खोज्न थालेको बताएका हुन ।

“जनताको अपेक्षा बमोजिम सरकारले काम गर्न सकेन, जनताले यो सरकारको बिकल्प खोजेका छन जुन कांग्रेसमा सम्भब छ ।” नेता पौडेलले भने “सरकार शान्ति सुरक्षामा चुकेको छ, जनताका आधारभुत कुरामा ध्यान नदिएर पानी जहाजको कुरा गरेर जनतालाई झुक्याइएको छ ।”

सरकारले सबै भन्दा पहिले कृषि, उर्जा र पर्यटनमा ध्यान दिनु भन्दै नेता पौडेलले  गाउमा सिंचाई नभएर खेतियोग्य जमिन बाझो भएको बेला सरकार भने पानीजहाजको हावादारी कुरा गरेर बसेको आरोप लगाए ।

यस्तै नेता पौडेलले पार्टी भित्र गुट उपगुट नभएको र पार्टी भित्र बिभिन्न आकांक्षीहरू देखीएकोले गुट जस्तो देखीएको प्रष्ट पारे । कन्यूनिस्टहरू भन्दा कांग्रेसमा बौद्धिकनेता हरू बडी भएको र खुला पार्टी भएको हुदा बिभिन्न बिचार आकांक्षा देखिने हुदा तेसैलाई गुट भन्न नमिल्ने धारणा ब्याक्त गरे ।

कांग्रेस अब राष्ट्रीय जागरण अभियान बाट फ्रेस स्टार्ट भएर जाने भन्दै अब पार्टी महाधिबेशनमा जानु पर्ने र नगए ठुलो संकटमा पर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ