arrow

घर भत्किदा चार महिने छोराको मृत्यु, आमा-बुवा घाईते

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
child.JPG

जनकपुरधाम । राजपुर नगरपालिका-८ बलुवागोठका राम लोचन रामको माटो र ईट्टाको गारोबाट बनाएको १ तल्ले फुसको छानो अचानक भत्किदा एकै परिवारका २ जना घाईते हुनुका साथै १ बालकको मृत्यु भएको छ ।

बिहिवार राति अचानक घर भत्कदा ४० बर्षीय राम लोचन राम र रामकी ३५ वर्षीया श्रीमती मरछिया देबी घाईते भएका थिए   । त्यस्तै घाइते राम लोचन रामकै  ४ महिनाको छोरा सन्तलाल रामको उपचारको क्रममा शुक्रबार(आज ) बिहान करिव साढे १ बजे  गौर अस्पतालमा  मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

विहीबार राति करिव साढे ९ बजे घर भत्कदा पुरी घाईते भएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटवाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल तर्फ पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ