arrow

बालुवाटार प्रकरणमा मुछिएका बिष्णु पौडेललाई आफ्नै निर्वाचन क्षेत्रमा गरियो खेद प्रकट

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
Bishnu-Paudel.jpg.jpeg

बुटवल । बालुवाटार प्रकरणमा मुछिएका  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेललाई आफ्नै निर्वाचन क्षेत्रमा खेद प्रकट गरिएको छ ।  नेपाली कांग्रेस बुटवल नगरको सम्मेलनले महासचिव पौडल बिरुद्ध खेद प्रस्ताव पारित गरेको हो ।

बुटवलमा जारी नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले आफ्नो प्रतिबेदन पेश गर्नेक्रममा नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बालुवाटार जग्गा आफ्नो छोराको नाममा गराएको सुन्दा आफुहरु आफना जनप्रतिनिधिप्रति लज्जाबोध भएकोले बिष्णु पौडेल बिरुद्ध नगर समितिका तर्फबाट खेद प्रस्ताव राख्छु तपाईहरुले अनुमोदन गरी दिनुस भनेपछी कार्यक्रममा उपस्थित कांग्रेस नेता कार्यकर्ताले तालि बजाएर प्रस्ताव पारित गरीदिएका हुन ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले उदघाटन गरेको कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रिय सदस्य चन्द्र भण्डारी र धनराज गुरुगं, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, प्रदेश सभा सार्बजनिक लेखा समितिका सभापति डिल्लि बहादुर चौधरी लगायतका दुई दर्जन बढस् नेता सहित करिव एक हजार कार्यकर्ता सहभागि भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ