arrow

ट्याक्टर पल्टिदा खड्काको मृत्यु

logo
रामबहादुर विक,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
tractor-bajura.jpg

बाजुरा । बाजुरा जिल्लाको माथिल्लो क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–५ मा पर्ने दानसाागुमा शुक्रबार दिउसो २ बजे ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुडिनन्दा नगरपालिका–७ का २१ बर्षीय दवेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिह भाटले बताए  ।

मार्तडीबाट कोल्टी जादै गरेको लु ४ त ७८१ नम्वरको ट्याक्टर सडकमा एकाएक पल्टिदा खड्काको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपवरिक्षक भाटले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार कैलाली जिल्ला घर भएका ट्याक्टर चालक रविन्द्र चौधरी र स्वामकार्तिक गाउँपालिका–३ जुकोट घर भएका प्रकाश शाही गम्विर घाइते भएको बताए ।

घाइतेको उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चोट बढी लागेका चौधरी र खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकप्टर ल्याउने पहल भइरहेको भाटले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ