arrow

सरकारसँग देश चलाउने कौशल छैन : महत

logo
शिव देवकोटा,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
mahat2.jpg

नुवाकोट । नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकारसँग देश चलाउने कौशल नभएको बताउँदै गफ  र पुरा नहुने नाराको भरमा मात्र  शासन गर्ने सरकारका कारण जनतामा पुरै निरासा छाएको टिप्पणी गरेका छन् ।  कम्युनिष्ट नेतृत्वको सरकार गफ गर्ने काम नगर्ने प्रमाणित भएकाले जनताले मुक्ति खोज्न थालिसकेको महतको भनाई छ ।

शुक्रवार नेपाल प्रेस युनियनले बिदुरमा आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस सह–महामन्त्री महतले सरकारको नीति तथा कार्यक्रम खोक्रो नारा मात्र भएको उल्लेख गर्दे गत बर्ष रोजगारी सिर्जना गरेको कुनै सार्थक तथ्याँक दिन नसक्ने सरकारले यस बर्ष पाँचलाख रोजगारी सिर्जना गर्छु भन्नुको कुनै तुक नरहेको बताए ।

वर्तमान सरकारका कारण संस्थागत भष्ट्राचार गरेको र सरकारका नेतृत्वकर्ताहरु काण्डै काण्डमा मुछिएको बताउँदै त्यसक्रममा डाक्टर महतले सरकार सबै क्षेत्रमा असफल बन्दै गएपछि मिथ्याँकहरु सार्वजनिक गरिन थालिएको जिकिर समेत गरे । पछिल्लो समय सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरि ल्याउन लागेको मिडिया काउन्सिल संबन्धि ऐन लोकतन्त्र समाप्त पार्ने कुचेष्टा भएकाले कांग्रेसले उक्त कदमको सशक्त प्रतिरोध गर्ने समेत महतले स्पष्ट पारे ।

संचारकर्मीहरुको अर्को एक प्रश्नमा कांग्रेस नेता महतले कांग्रेसमा ब्यक्तिवादी प्रबृत्ती हावी भएकाले पार्टी जीवनमा असर परेको बताउँदै सबै तहमा रहनेहरुले अनुशासन,साँगठनिक मर्यादा,आदर्श र बिचारलाई मात्र महत्व दिए आउने निर्वाचनमा सहजै जित हासिल हुने दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ