arrow

तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
tamor-karidor.jpg

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ सुभाङमा तमोर नदीले बगाएर शुक्रबार एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको बिजुलीको तार विस्तार गर्ने कामदारमध्ये १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

३ जना भारतीय नागरिक नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा १९ वर्षीय मन्जुरी हकलाई नदीले बगाएर बेपत्ता बनाएको हो । अन्य २ जना भने नदी पार गर्न सफल भएका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट गएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ