arrow

सरकार नियन्त्रणकारी मठाधीस नवन्न विवेकशील साझाको चेतावनी

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
bibekshil_sajha.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीले संवैधानिक मर्म,भावना र प्रावधान विपरित सरकारले ल्याएको 'नियन्त्रणमुखी' मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो ।

पार्टीले केही समययता मन्त्रीपरिषदका निर्णयहरु लुकाउने, राष्ट्रपति सहभागि कतिपय कार्यक्रममा मिडियाकर्मीलाई निषेध गर्ने र सरकारी निकाय र संयन्त्रहरुले मिडियाकर्मीलाई आवश्यक सूचना नदिएका घटनाहरूको विरोध गरेको छ । संविधानले प्रत्याभूत गरेको सूचनाको हकसम्बन्धी प्रावधान संकुचीत गराउने खालका कुनै पनि चलखेल नगर्न सरोकारवालाहरुलाई सचेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'हत्या, हिंसा, भ्रष्टाचार, अनियमितता, वेथिति, नातावाद, कालावजारी, विचौलिया, गुट र लुट विरुद्ध जिम्मेवार खोज पत्रकारितालाई प्रवर्धन गर्न हामी सदा प्रेस जगतसँगै हुने प्रतिवद्धता व्यक्त गर्दछौँ। पत्रकारलाई साइबर क्राइम र आस्थाका आधारमा हतकडी लगाएर पक्राउ गर्ने, अदालतले रिहाइको आदेश दिँदा पनि पुनः पक्रनेजस्ता गतिविधिले प्रेस स्वतनत्रता खण्डीत भएको छ। संशोधित मुलुकी ऐनमा समावेश गरिएका प्रेस विरोधी सँहिताविरुद्ध आन्दोलित प्रेस जगतप्रति हाम्रो ऐक्यवद्धता छ।'

नेपालको लोकतान्त्रिक, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै वर्तमानमा प्रेस जगतले भोगिरहेका समस्या, सरकारवाट भएका ज्यादति र प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने नियतका ऐन नियमदेखि सेल्फ सेन्सरशिपसम्मको वातावरणवारे साझा पार्टी सचेत छ।

प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने ऐन, कानुन खारेज गर्न तथा सरोकारवालाहरुको परामर्शमा प्रेस स्वतन्त्रता अनुकुल कानुन निर्माण गर्न साझा पार्टी सरकारसँग माग गरेको छ ।

पत्रकार तथा संचारकर्मीहरुलाई दवाव, अभाव र प्रभाववाट मुक्त गरि व्यवसायिक र जिम्मेवार पत्रकारिता अभ्यासको वातावरण निर्माण गर्न श्रमजीवि पत्रकार ऐनको कडाईका साथ कार्यान्वयन गर्न साझा पार्टी माग छ ।

विज्ञप्तिमा, 'साझा पार्टी स्वार्थको वझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुन नदिन तथा स्वतन्त्र  र जिम्मेवार प्रेसको रक्षार्थ पत्रकारहरुको दलै पिच्छे भगिनी संगठन वनाउनु हुन्न भन्ने मान्यता राख्दछ। पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ। दल आवद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनु पर्छ' उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ