मौसमले फेरि दियो च्यालेन्ज, तीन दिन हावाहुरी र चट्याङसहित वर्षा
प्रकाशित २०७६ वैशाख २८ शनिबार
435
Shares
काठमाडौं । मौसमले एक पटक देशमा च्यालेन्ज दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली हुन लागेको हो ।
यस्तो छ महाशाखाले जारी गरेको विज्ञप्ति–
बैशाख २८ गते (शनिवार)
दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति– देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २९ गते (आईतवार)
दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति– देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३० गते (सोमबार)
दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति– देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।