arrow

प्रधानमन्त्रीले संसदमा ‘निम्छरो’ नभन्नु पर्दथ्यो – चित्रबहादुर केसी

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
chitra-bahadur-kc-news-aa.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसददेखि अदालतसम्म र सिंहदरबारदेखि गाउँसम्म बेथिति भएकाले देश कता जाने हो भन्नै नसकिने बताएका छन् । 

मंगलबार (बैशाख २४ गते) संसदमा देखिएको कुरुप दृष्यप्रति ब्यङ्ग्य कस्दै उनले भने, ‘संसदभित्रको दुर्दशा छँदैछ अब भएन भनेर न्यायपालिकाको दुर्दशा पनि देखिएको छ । जताततै भद्रगोल भएको छ ।’ 

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा ‘निम्छरो’ नभन्नु पर्दथ्यो । संसदीय प्रणालीमा विरोध गर्न पाइन्छ । तर यस्ता शब्दले गरिमा घटाउँछ ।’

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी सांसदका प्रश्नको जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरो’ प्रश्नको जवाफ नदिने बताएका थिए । 

त्यसपछि भएको संसदको हंगामाप्रति नेता केसीले भने, ‘प्रतिपक्षी पनि घाइते छ । त्यो पीडा त पोख्नुपर्यो नि । अब प्रतिपक्षीले पनि देशभर गएर त्यसको विरोध गरोस् । 

उनले देश कता जाँदैछ भन्ने भन्न नसकिने भन्दै, ‘संसदभित्रको जात्रा त्यस्तै छ संसद बाहिर जातिय मुद्धा चलिरहेको छ ।’ 

सुरुआतदेखि नै संघीयताको विरोध गर्दै आइरहेका केसीले नवगठित पार्टी समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईको भनाइप्रति रुष्ट हुँदै भने, ‘सातवटा प्रदेश त कहाँ फालम् भन्ने छ ११ वटा बनाएर के गर्ने ?’

उनले भने, नेपाली जनता र मिडियाले जानेका छन् कसको इशारामा को चलेको छ । बाबुराम भट्टराईले जातिय प्रदेश बन्न सक्छ भनेर भन्नु जनताका लागि मान्य हुँदैन ।’ 

अमेरिकालाई संघीयताले बलियो भएको भन्ने नेताहरुलाई केसीले भने, ‘अमेरिकाले विश्वभर विध्वंश मच्याएको किन नभन्ने ?’

संघीयताले विकास भएको भन्ने प्रश्नमा केसीले भने, ‘पहिले सिंहदरबारभित्र मात्र विकास हुन्थ्यो क्यार अहिले गाउँगाउँमा डोजर किनेका छन् गाडी किनेका छन् सबै मालिक बन्न खोजे ।’

पछिल्लो समय राज्यको सम्पत्तिमाथि माफियागिरी बढेको समाचार बाहिर आएकोबारे अध्यक्ष केसीले भने, ‘पहिलेदेखि नै ‘बाघको छालामा स्यालको रजाईं’ भएको छ । यस्तालाई कार्वाही नगरेर कसलाई गर्ने ?’ 

ओली नेतृत्वको सरकारको आलोचना भइरहँदा राष्ट्रिय जनमोर्चाले गरेको समर्थनप्रति स्पष्ट पार्दै नेता केसीले भने, ‘हामीहरुले सरकारको आलोचनात्मक समर्थन गरेका छौं । सरकारको समर्थन गरेको भनेर आलोचना गर्न पाइन्न भन्ने त हैन नि । सत्तारुढ नेकपाका नेताहरुले पनि आलोचना गरेकै छन् ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ