arrow

प्रकाशमान सिंहले सम्झाए अतितः चार कम्युनिष्ट विद्धान प्रधानमन्त्री भए पनि संविधान जारी गरेनन् 

जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस रहेको जिकिर 

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
prakash-man-singh.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर १ मा शनिबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बर्तमान सरकारका गतिविधिले संसदीय ब्यवस्थामा आँच पुगेको बताएका छन् । 

सरकार काम केहि नगरि सम्वृद्धिको नारा लगाएर मात्र बसेको सुशासन दिन नसकेको, विकास बजेट खर्च गर्न नसकेको संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाए ।

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस रहेको जिकिर समेत गरेका छन् । अहिलेको सरकारमा रहेका दलहरु मुलुकमा द्धन्द्ध मार्फत सत्तामा पुगेको उदाहरण दिँदै माओबादी, एमाले जस्तो हिँसात्मक बाटोबाट स्थायी भएको पार्टी काँग्रेस नभएको बिचार ब्यक्त गरे । 

आफूहरु जस्तोसुकै भएपनि जनमतको भने सम्मान गर्नेसमेत बताए । नेकपाको दुईतिहाई सरकार भएको भएपनि देशले राहत नपाउने ठोकुवा गर्दै संबिधान बनाउँदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भएपनि संबिधान जारी नभएको कुरा ख्याल गर्न समेत आग्रह गरे ।

दुइतिहाई वा बहुमत जस्तो भएपनि संबिधानको भावना र मर्मबिपरीत अगाडी बढ्ने प्रयास गर्छ भने काँग्रेस चुप लागेर नबस्ने भन्दै सशक्त रुपमा प्रतिबाद गरिने नेता सिंहले बताए । 

यति बेला सरकारका गतिविधिले चौतर्फी रुपमा निराशा छाएको समेत बताउँदै जतासुकै त्रासको बाताबरण छाएकोप्रति सजक रहन सरकारलाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ