arrow

‘प्रधानमन्त्री ओलीले संसदमा माफी माग्नुपर्छ’

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
congress-jagaran-pradip.jpg

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गएर माफी माग्नुपर्ने बताएका छन् ।

कास्की नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा कास्कीकोटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका पौडेलले भने, ‘प्रधानमन्त्री ओलीले संसदमा माफी माग्नुपर्छ ।’

अमर्यादित शब्द प्रयोग गर्ने, पश्नको जवाफ दिन उभिएर पश्न गर्नेको अपमान गर्ने र रेकडबाट हटाउनु पर्ने शब्द प्रधानमन्त्रीले बोल्नु गल्ती भएको भन्दै नेता पौडेलले दण्डित हुनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्रले जे गरे पनि हुने तर अरूलार्इ कानुन लाग्ने भन्ने नहुने भन्दै उनले प्रधानमन्त्रीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने बताए । 

पौडेलले प्रधानमन्त्री ओलीको अहम्ले देश वर्वादीको दिशातिर जान लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले भ्रष्टाचारीहरुलाई प्रधानमन्त्रीले संरक्षण गरिरहेको आरोप लगाउँदै अब काँग्रेसले भण्डाफोर गर्ने बेला आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ