arrow

भर भएन मौसमको, अपरान्हदेखि विशेष सावधानी

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
weather.jpg

काठमाडौं । देशभर शनिबारदेखि मौसममा एकाएक परिवर्तन आएको छ । छिनछिनमै मौसममा परिवर्तन आइरहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली भइरहेको बताएको छ । 

आइतबार देशभरि बिहानीपख आंशिक बदली रहने महाशाखाले जनाएको छ । अपरान्ह पछि देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

अपरान्हदेखि अलि बढी सावधानी अपनाउन सचेत गराइएको छ । हावाहुरीसहितको वर्षासंग चट्याङसमेत पर्न सक्ने अनुमान महाशाखाको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ