arrow

संचारमन्त्री बास्कोटाको कार्यक्रम पत्रकारद्धारा बहिष्कार 

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
Gokul-baskota-1.jpg

नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । 

आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् । 

प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा  मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको हो । 

अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ