arrow

भारततर्फ लैजाँदै गरिएका गाई नियन्त्रणमा

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
cow.jpg

सप्तरी । अवैध रुपमा भारततर्फ लैजाँदै गरेका ४१ गाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित सप्तरी र सिरहाको सिमाना रहेको बलान खोलाबाट गाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेका गाई बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएपनि तस्कर फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । नियन्त्रणमा लिइएका गाईलाई आवश्यक कारवाहीका लागि आज तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ ।

दुर्घटनामा मृत्यु

सुरुङगा नगरपालिका–१ हस्पिटल चोकस्थित कदमाहा–गाईघाट सडकखण्डमा भएको सवारी दुर्घटनामा घाइते एक युवकको आज मृत्यु भएको छ । सडक किनारमा रोकी राखेको स १ त ५००२ नम्बरको ट्रयाक्टरमा ठोक्किएर घाइते भएका स.१०प ५८८७ नम्बरको स्कुटी चालक उदयपुरको त्रियुगा नगरपािलका–३ बस्ने ३२ वर्षीय प्रविण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार स्कुटी गाईघाटबाट कदमाहातर्फ आइरहेको थियो । घाइते चौधरीको उपचारका क्रममा सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ