मौसम झनै बिग्रियो, हावाहुरीसहित वर्षा, सचेत रहन आग्रह
प्रकाशित २०७६ वैशाख ३० सोमबार
185
Shares
काठमाडौं । शनिबारदेखि बिग्रिएको मौसम सोमबार पनि कायम रहेको छ । सोमबार बिहानदेखि नै मौसम बिग्रिएको छ ।
सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बिग्रिएको छ । यो क्रम मुलुकका अधिकांश स्थानमा देखिएको छ । उपत्यकामा एकाएक चिसोसमेत महसुस गरिएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
मंगलबारसम्मै मौसममा सुधार नआउने भएकाल सचेत रहन आग्रह गरिएको छ । चट्याङसमेत पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।