arrow

सय वर्ष लागे शताब्दी पुरुष जोशी ! जन्मोत्सव मनाउन ललितपुरमा सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
satyamohan-joshi.jpg

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष लागेका छन् । विरलै सुन्न पाइने यो यात्रामा पुगेका स्वस्थ्य र तन्दूरुष्ट जोशीको जन्मोत्सव मनाउन उनको सम्मानमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सोमबार सार्वजनिक बिदा नै दिएका छन् ।   

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको गराइएको छ । 

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जनाएका छन् ।   

महानगरले सोमबार जोशीको जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरिसकेको छ । 

महानगरले सय वर्ष पुग्ने सबै ललितपुरवासीलाई सम्मान गर्ने पनि जनाएको छ । 

नेपाली भाषा र नेपाल भाषाको उत्थानमा निकै ठूलो मद्धत गरेका एक जीवित इतिहास सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गत वर्षदेखि प्रयोगका लागि सवारी साधन, एक सुरक्षाकर्मी र मोबाइल उपलब्ध गराएको थियो । 

त्यसैगरी गोदावरी नगरपालिकाले पनि जोशीको जन्मोत्सवका आवसरमा सार्वजनिक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ