arrow

हृदयेश त्रिपाठीको ठाडो हस्तक्षेपमा त्रिभुवन क्याम्पसमा नीतिगत अनियमितता

क्याम्पस व्यवस्थापन कार्यकर्ताको अखडा, कांग्रेसको गम्भीर आपत्ति, ३१० विद्यार्थीको विचल्ली

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
Hridesh-tripathi.jpeg

बर्दघाट । पश्चिम नवलपरासीको प्रतापुरमा रहेको त्रिभुवन क्याम्पस वेलाटारीमा नितिगत अनियमितता भएको भन्दै नेपाली काग्रेस क्षेत्र नं १ नवलपरासीले गम्भीर आपत्ति जनाएको छ । 

काँग्रेसले आइतबार बर्दघाटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी त्रिभुवन क्याम्पस वेलाटारीमा भएको नीतिगत अनियमितताको अन्त्यगरी नीतिगत रुपमा क्याम्पस संचालन हुनुपर्ने बताउँदै केही दिनदेखि यस क्याम्पसको ब्यवस्थापन लगायत प्रशासनिक कार्यमा यस क्षेत्रका संघीय सासंद हृदयेश त्रिपाठीको ठाडो हस्तक्षेपमा पूर्ण रुपले राजनीतिकरण गर्ने कार्यमा अग्रसर रहेको बताएको छ । 

यस किसिमको राजनीतिक हस्तक्षेपप्रति कांग्रेस क्षेत्र नम्बर १ को गम्भीर ध्यनाकर्षण भएको काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ नवलपरासीका सभापति मुकुल आर्चायद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ । 

त्यसैगरी सोही कार्यक्रममा अर्का नेपाली काँग्रैसका नेता उमेश चन्द्र यादवले अनागरिकलाई क्याम्पस प्रमुख बनाउने चलखेल भएको र क्याम्पसमा राजनीतिक कार्यकर्ताहरुलाई स्थान दिन थालिएको भन्दै आपत्ति जनाए । 

उनले क्याम्पसमा बैशाख २६ गते भएको भेला क्याम्पस सभा भेला नभई कार्यकर्ता भेला भएकाले त्यसले क्याम्पसको विद्यान संसोधन गर्न नसक्ने धारण ब्यक्त गरे । 

२०६१ सालमा स्थापना भएको उक्त सामुदायिक क्याम्पस केही व्यक्तिहरुको राजनीति गर्ने स्थान भएको भन्दै शैक्षिक क्षेत्रमा राजनीति गर्न बन्द गर्नुपर्ने धारण राख्दै नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य देवकरण कलवारले शैक्षिक क्षेत्रलाई कसैको पेवा नबनाई सबैको पहुच हुनेगरि नीति निर्माण गर्नुपर्ने र एकलौटी निर्णय भएमा नेपाली कांग्रेसलाई सहन नहुने धारणा ब्यक्त गरे । 

हाल क्याम्पसमा ३ सय १० जना विद्यार्थीहरु अध्ययनरत रहेकोमा सो क्याम्पसका क्याम्पस प्रमुख मुक्तिनाथ पाण्डेले राजिनामा दिएको र हाल कार्यवाहक क्याम्पस प्रमुख मनोजधर दुबे रहेका छन् । 

केदारनाथ पाण्डे अध्यक्ष रहेको ब्यवस्थापन समितिको पनि समयसीमा समाप्त भइसकेको अवस्थामा क्याम्पसमा विवाद बढ्दै गइरहेको साथै क्याम्पस अन्यौलता तर्फ बढिरहदा विद्यार्थीहरुलाई पठन पाठनसमेत अवरुद्ध हुन पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ