arrow

अर्धवैँसे महिलामाथि सामूहिक करणी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
Rape.jpg.jpeg

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाकी एक अर्धवैँसे ५८ वर्षीया महिलालाई  सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।

पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ