arrow

जानकी मन्दिरमा राष्ट्रपति भण्डारीको विशेष पूजापाठ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
bhandari1.jpg

जनकपुरधाम । जानकी नवमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेकी छिन् ।

जनकपुरधामको जानकी मन्दिर पुगेर राष्ट्रपति भण्डारी पूजापाठ गरेकी हुन् । राष्ट्रपति भण्डारीले करिब १० मिनेट पूजापाठ गरेकी हुन् । पूजापाठ गरेपछि मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले सम्मान गरेका हुन् ।

मन्दिर प्रवेश गरेपछि प्रदेश नमूना दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र साधुसन्त लगायतले स्वागत स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ