arrow

'त्रेता युगमा राजा जनकले प्रजाहरुको हितका लागि हलो समेत चलाए, नेताहरुले सिकुन्'

logo
निरंजन कुमार साह ,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
raut-bhandari.JPG

जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको प्रशंसा गरेकी छन् । जनकपुरधाममा सोमबार जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिको लागि कृषिलाई आधुनिकीकरण एवं व्यावसायीकरण गरी मिथिलाको उर्वर भूमिलाई सदुपयोग गर्न सबैमा आग्रह गरिन् ।

विदेहका राजा जनकले कृषिकरण महायज्ञ आयोजन गर्दा सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले अहिले यहि भूमिमा कृषि क्षेत्रमा उत्पादनमा कमि आउनु दुखद रहेको  बताइन्।

चुरे क्षेत्रको संरक्षणमा ध्यान दिइ पर्यावरण सन्तुलन कायम गरी दिगोग विकासको अवधारण सहित कृषिको आधुनिकीकण एवं व्यवसायीकरण गर्न यस भूमिको प्रचुर उपयोग गर्नु पर्दछ, राष्ट्रपटि भण्डारीले  बताइन् ।

प्रदेश नम्बर दुईका  मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।  मुख्यमन्त्री राउतले राष्ट्रिय विभूति समेत रहेकी माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने भएपनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको बताए ।

माता सिताको जन्म प्रसंग बारे उल्लेख गर्दै  मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाहरुको हितको लागि हलो समेत चलाएको  र  उनको ती महान कार्यबाट आजको राजनेताहरुले प्रेरणा लिनु पर्ने  बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुई को विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा आगाडी बढेको बताए ।

मुख्यमन्त्री राउतले  यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने गरि जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र आगामी आर्थिक वर्षमा प्रदेश भित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ