arrow

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको ट्रेड युनियन कांग्रेसको आरोप

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
ntuclogo.jpg

काठमाडौ । नेपाल सरकारले हालै संघीय संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई ट्रेड युनियन कांग्रेसले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएको छ । सोमबार युनियनका महासचिव योगेन्द्र कुमार कुवारले  विज्ञप्ति जारी गर्दै आरोप लगाएका हुन् ।

महासचिव योगेन्द्र कुमार कुवारद्दारा हस्ताक्षरित विज्ञप्तिमा संवैधानिक मान्यता अनुरुप स्थापित राज्यका प्रमुख अंगको रुपमा रहेको प्रेस जगतलाई नियमनको नाममा सरोकारवालाहरुसंग छलफलै नगरी नेपालको संविधान र प्रेस स्वतन्त्रताकालागी अन्तर्राष्ट्रिय सन्धी सम्झौता एवं प्रतिबद्धताको खिल्ली उडाउने कार्य यस विधेयकबाट भएकोले विधेयक तत्काल फिर्ता लिन अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ