arrow

प्रेसमाथी अंकुश लगाउने प्रयासप्रति ट्रेड युनियन कांग्रेसको विरोध

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
nepal-trade-union-congress.jpg

काठमाडौ । नेपाल सरकारले हालै संघिय संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई ट्रेड युनियन कांग्रेसले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएको छ।

महासचिव योगेन्द्र कुमार कुवँरद्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ' संवैधानिक मान्यता अनुरुप स्थापित राज्यका प्रमुख अंगको रुपमा रहेको प्रेस जगतलाई नियमनको नाममा सरोकारवालाहरुसंग छलफलै नगरी नेपालको संविधान र प्रेस स्वतन्त्रताकालागी अन्तर्राष्ट्रिय सन्धी सम्झौता एवं प्रतिबद्धताको खिल्ली उडाउने कार्य यस विधेयकबाट भएकोले विधेयक तत्काल फिर्ता लिन अनुरोध गरेको छ ।'

यसअघी ट्रेड युनियनका उपाध्यक्ष तथा अन्तराष्ट्रिय यातायात मजदुर संघका कार्यसमिति सदस्य अजय राईले विधेयकप्रति विरोध जनाएका थिए I उनले सरकार श्रमिक विरोधी भएको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ