arrow

अझै टरेको छैन मौसमको बेइमानी

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
weather.JPG

काठमाडौँ । गत शनिबारदेखि मुलुकमा देखिएको मौसमको बितण्डा अझै रोकिएको छैन । हावाहुरीसहितको वर्षा र चट्याङको सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले बिहीबारसम्मै बर्षा हुने भविष्यवाणी गरेको छ । त्यसैगरी हिमपात हुने प्रवल सम्भावना देखाएको छ । 

मंगलबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही  स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम  हिमपातको संभावना छ ।

 त्यस्तै मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ